मुग्लिङ-नारायणगढ सडकखण्ड दुईतर्फी नै खुल्यो
काठमाण्डौ – पहिरोका कारण ठप्प भएको मुग्लिङ-नारायणगढ सडकखण्ड खुलेको छ ।
चितवनको इच्छाकामना गाउँपालिका-५ मा राति १ बजेतिर खसेको पहिरो हटाएर बिहान एकतर्फी रुपमा सडक खुलाइएको थियो ।
अहिले पूरै पहिरो हटाएर दुईतर्फी नै सडक खुलेको मुग्लिङ-नारायणगढ सडकखण्ड अयोजनाका इन्जिनियर शिव खनालले जानकारी दिनुभयो ।