मकवानपुरमा कोरोना संक्रमितको संख्या २ सय ६० जना पुग्यो

जनपत्र
६ भाद्र २०७७, शनिबार ०९:०८

हेटौंडा । मकवानपुर जिल्लामा कोरोना भाइरस संक्रमितको सख्या २ सय ६० जना पुगेको छ । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयका डाक्टर पुरुषोत्तम सेढाईका अनुसार मकवानपुर जिल्लामा कोरोना संक्रमितको सख्या २ सय ६० जना पुगेको हो । यो तथ्याङक मकवानपुरमा सुरुवात देखि हाल सम्मको हो ।

कोरोना संक्रमित मध्य धेरै जसो हेटौंडा उपमहानगरपालिका क्षेत्रका रहेकाले सचेत रहनका लागि मेयर हरिबहादुर महतले आग्रह गर्नुभएको छ । पहिलेको साविकका ११ वटा वडामा धेरै कोरोना संक्रमितहरु देखा परेको र १९ वटा वडा मध्यमा सबै भन्दा धेरै हेटौंडा ४ मा कोरोना संक्रमित देखा परेकाले यसक्षेत्रका नागरिक अत्यावस्यक काम बाहेक घरबाहिर पनि मेयर महतले आग्रह गर्नुभएको छ । पछील्ला दिनहरुमा कोरोना संक्रमित हेटौंडामा धेरै वढ्दै गएकाले सचेत भएर घरमै वस्न समेत उहाँले आम नगरवासीमा आग्रह गर्नुभएको छ ।

दोश्रो चरणमा देखा परेका कोरोना संक्रमित अधिकांश स्थानीय क्षेत्रमानै रहेकाहरु छन् । यस भन्दा पहिले सवैजसो कोरोना संक्रमित बिदेशबाट घर फर्किएकाहरु रहेका थिए। तर, अहिले भने स्थानीय नागरिकमानै कोरोना संक्रमण देखा परेको छ ।

मकवानपुर जिल्लामा स्थायी घर भएकाहरु मात्र परिक्षणको क्रममा २ सय ६० जना पुगेका हुन् । यो तथ्याङ्कमा मकवानपुरमा अस्थायी वसोवास गर्ने र कामको शिलशिलामा मकवानपुर रहेकाहरुको तथ्याङक समावेस गरिएको छैन । मकवानपुर स्थायी घर भएका तर, काठमाण्डौ लगायतका जिल्लामा परिक्षण गरेर पोजेटिभ देखिएकाहरुको रिपोर्ट भने समावेस गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

अहिले हेटौंडा उपमहानगरपालिका र स्थानीय गाउँपालिकामा कोरोना संक्रमि धेरै वढेका छन् । यसअघि भने भारत लगायतका बिभीन्न देशबाट नेपाल फर्किएकाहरुमा कोरोना पुष्टि भएको थियो। मकवानपुरका दश वटा स्थानीय तह मध्यमा सबै भन्दा धेरै हेटौंडा उपमहानगरपालिकामा कोरोना संक्रमित देखापरेका छन् । मनहरी गाउँपालिका, थाहा नगरपालिका, भीमफेदी गाउँपालिका, मकवानपुर गढी गाउँपालिकामा कोरोना संक्रमित धेरै देखापर्न थालेका हुन् ।

पछील्लो समय समुदायमा देखिएको कोरोना संक्रमण कहाँबाट कसले सारेको हुनसक्ने भन्नेमा स्वास्थ्यकर्मी पनि अनविज्ञ रहेका छन् । पछील्लो एक सातामा मकवानपुर जिल्लामा संक्रमित धेरै देखिन थालेका हुन् । तर, यसमा सावधानी भने नागरिकले त्यती अपनाएका छैनन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*