विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ लाख नजिक

जनपत्र
६ भाद्र २०७७, शनिबार ०८:२३

काठमाडौं । विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या करिब आठ लाख पुगेको छ ।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार शनिबार विहानसम्म विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या सात लाख ९७ हजार सात सय ८७ पुगेको छ ।

यसैगरी विश्वभर विश्वभर कोरोनाबाट संक्रमित हुनेको संख्या दुई करोड २८ लाख ६४ हजार ८ सय ७३ पुगेको छ ।

कोरोना संक्रमणको महामारीबाट सबैभन्दा धेरै प्रभावित अमेरिकामा संक्रमितको संख्या ५६ लाख २१ हजारभन्दा धेरै छ । मृतकको संख्या १ लाख ७५ हजार ४ सय ४३ छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*