इन्द्रजात्रामा यस वर्ष यस्तो हुने छैन

जनपत्र
६ भाद्र २०७७, शनिबार ०७:४१

काठमाण्डाै – यो वर्ष इन्द्रजात्राको उपलक्ष्यमा जीवित देवी कुमारीसहित भैरव, गणेशको रथजात्रासहित अन्य देवदेवी नाच नहुने भएको छ। तर जात्राको मुख्य दिन क्षमा पूजा भने गरिने भएको छ।

कोरोना भाइरसका संक्रमणका कारण जात्रासँग सम्बन्धित विधि नहुने भएकाले  जात्राको मुख्य दिन इन्द्रजात्रासँग सम्बन्धित तलेजु, भैरव, गणेश, कुमारीलगायतका मन्दिरमा भदौ १६ गते क्षमा पूजा गर्न लागिएको हो।

एक हप्तासम्म संचालन हुने येँयाः जात्रा भनिने इन्द्रजात्राको सुरुवात कसरी भयो भन्ने सन्दर्भमा उपत्यकामा प्रचलित लोककथा यसप्रकार छ।

परापूर्व कालमा स्वर्गलोकका राजा इन्द्र आफ्नी आमालाई बसुन्धराको व्रत निम्ति पूजा सजाउन पारिजातको फूल खोज्दै काठमाण्डौ आएका हुन्छन् । काठमाण्डौको मरू टोलमा पारिजात फूल भेट्टाउँछन्। टिप्न लाग्दा उनलाई स्थानीयले चोर भनी नियन्त्रणमा लिन्छन् र  डोरीले पाता कसी बीच सडकमै जात्रा गर्छन् त्यही दिनको सम्झनामा इन्द्रजात्रा मनाइन्छ। घर नफर्किएपछि इन्द्रको खोजीमा आएकी उनकी  आमाले  पाता कसेर राखेको देखेर बन्धनबाट मुक्त गराउन छोराको बदलामा कुहिरो दिने वाचा गर्छिन् र इन्द्रलाई फर्काएर लग्छिन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*