निषेधाज्ञाले ५ सय ट्रक धादिङमै अलपत्र

जनपत्र
६ भाद्र २०७७, शनिबार ०५:५३

गत बुधबार रातिदेखि उपत्यकामा जारी निषेधाज्ञाका कारण काठमाडौं सिमानादेखि पृथ्वीराजमार्गमा ट्रकको लाइन लागेको छ । सरकारले खाद्यान्न, तरकारी, दूध र एम्बुलेन्स बाहेकलाई अत्यावस्यक ढुवानी नमानेपछि अन्य सामान बोकेका साधन उपत्यका प्रवेश पाएका छैनन् । उपत्यकामा भदौ १० गतेसम्म कडा निषेधाज्ञा लगाइएको छ ।

नौबिसे–नागढुङ्गा अन्तरगत त्रिभुवन राजपथमा ५ सयभन्दा बढी ट्रक पार्किङ्ग गरेर बसेका छन् । अचानक निषेधाज्ञा जारी गरेको आफुहरुले पत्तै नपाउदा बाटैमा अलपत्र परेको ट्रक चालकहरुको गुनासो छ ।

अत्यावश्यक वस्तुबाहेक निर्माण सामग्री, लत्ताकपडा, सिमेन्ट, मार्बल, पाइपलगायतका ढुवानीका सवारीलाई रोकिएपछि अलपत्रम परेका छन् । राजमार्गमै अलपत्र चालकहरूले खाना र पानी समेत नपाएर बिचल्ली भएको छ । नवलपुरवाट सिमेन्ट लिएर आएका धर्म खनालले उपत्यका प्रवेश नपाउदा बिहीबार दिनभरी भोकै बस्नु परेको बताए । ‘काठमाडौं छिर्न दिएनन् । यता सबै होटल पसल बन्द छन्,’ उनले भने, ‘सुत्न त ट्रकमै सकिन्छ । खानाको समस्या भयो ।’

उनीहरु राजमार्ग किनारमा लस्करै रोकेर प्रवेश गर्न पाउने प्रतीक्षामा छन् । पथलैया, चितवन, मुग्लिन, गजुरीलगायतका प्रहरीले उतैवाट नफर्काउदा कष्ट व्यहोर्नु परेको खनालले बताए । इकान्तिपुरबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*