काग्रेशका हेटौंडा नगरसभापति पराजुली र मकवानपुर क्याम्पसका प्रमुख उपाध्यायलाई कोरोना संक्रमण
हेटौंडा । हेटौंडाको प्रयोगशालाबाट परिक्षण गरिएको कोरोना भाइरस संक्रमणको रिपोर्टमा नेपाली कांग्रेसका हेटौंडा उपमहानगरका सभापति आनन्दराम पराजुलीलाई र मकवानपुर बहुमुखी क्याम्पसका प्रमुख शंकर उपाध्यायलार्ई पनि कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
बितेको साउन ३२ गते कोरोना परिक्षणका लागि दिएको रिपोर्टमा उहाँहरु दुवैजनालाई कोरोना पुष्टि भएको पाइएको हेटौंडाको आइसोलेसन वार्डले जनाएको छ । हेटौंडाको किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रको प्रयोगशालामा गरीएको परिक्षणमा सभापति पराजुली र क्याम्पस प्रमुख उपाध्यलाई कोरोना पुष्टि भएको सामाजिक सञ्जाल मार्फत सबैमा जानकारी गराएका छन्।
उहाँहरुले आफु संग सम्र्पकमा साथीभाइहरुमा जानकारी गराउदैं सबैको सकरात्मक प्रयासले कोरोनालाई पराजित गर्न सकिने बताएका छन्, । कोरोना पुष्टि भएसंगै आफुहरु सुरक्षित तरिकाले आइसोलेसनमा वसीरहेको वताएका छन् ।






