मृत्यु भएपछी हेटौंडाका एक जनामा कोरोना पुष्टि
हेटौंडा । भरतपुरमा उपचारको क्रममा मृत्यु भएका हेटौँडा उपमहानगरपालिका वडा नंम्बर ४ का एकजमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । निमोनिया, रुघाखोकी ज्वरोको समस्या आएपछि उपचारको लागि चितवनको पुरानो मेडिकल कलेज पुगेको उहाँको हिजो राति मृत्यु भएको थियो । त्सपछी प्राप्त कोरोना रिपोर्टमा पोजेटिभ देखिएको छिमेकीहरुले वताएका छन् ।
मृत्यु पश्चात अस्पतालले कोरोना परिक्षण पश्चात मात्र शव लैजान आग्रह गरेपछि स्वाव परिक्षण गरिएको थियो । परिक्षणको क्रममा उहाँमा कोरोना संक्रमण पुष्टि भएको हो । परिवारको सदस्यले पुन परिक्षणको लागि आग्रह गरेपछि पुन परिक्षण गरिएको तर पुन पोजेटिभ आएको वताइएको छ । यो संगै मकवानपुरमा कोरोना भाइरस संक्रमका कारण मृत्यु हुनेको सख्या तीन जना पुगेको छ ।






