मकवानपुरमा आज थप ३० जना कोरोना संक्रमण पुष्टि, हेटौंडामै २८ जना थपीए

जनपत्र
५ भाद्र २०७७, शुक्रबार १३:५६

हेटौंडा । मकवानपुर जिल्लामा आज एकै दिन थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कारोना संक्रमितहरुहरु सबै भन्दा धेरै हेटौंडाका मात्र २८ जना रहेको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भोला चौलागाईले जानकराी दिनुभयो ।

कोरोना संक्रमणबाट हेटौंडा बजार क्षेत्रका सावीकका वडामा धेरैजसो संक्रमित देखा परेका छन् । आज संक्रमित २८ जना हेटौंडा उपमहानगरपालकिा र २ जना थाहा नगरपालकिाका रहेका छन् । साउन ३२ गते संकलति ८२ जनाको रपिोर्ट सार्वजनकि गरेको चौलागाईंले जानकारी दिनुभयो ।

कोरोना संक्रमित हुनेहरुमा हेटौंडा–१ मा ४९, ४५, ४७ बर्षका पुरूष, ४९ र २२ बर्षका महिला गरि ५ जना, वडा नम्बर २ मा ५३, ४८, ७० र ६८ बर्षका पुरूष गरि ४ जना, वडा नम्बर ४ का २९, ३७ का पुरूष र ८२ र ४४ बर्षका महिला गरि ४ जना, वडा नम्बर ५ मा ३८ र ५५ बर्षका पुरूष गरि २ जना, वडा नम्बर ६ कि ३८ बर्षीया १ महिला, वडा नम्बर ७ का ३२ बर्षीय १ पुरूष रहेका छन् । १६ वडा नम्बर ८ मा ३७, १०, ३५, ३७ बर्षका पुरूष र १३ र १४ बर्षका महिला गरि ६ जना, वडा नम्बर ९ को ५१ बर्षीय १ जना पुरूष, वडा नम्बर १० का ५५ र ४० बर्षका पुरूष गरि २ जना, वडा नम्बर १४ को २६ बर्षका १ महिला, वडा नम्बर १५ को २६ बर्षका १ पुरूष रहेका छन् ।

कोरोना प्रयोगशालाबाट प्राप्त रिपोर्ट यस प्रकार रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*