हेटौंडाको आइसोलेसनलाई चौलागाईद्वारा जेनेटर सहयोग

हेटौंडा । ब्रोकाष्टिङ एसोसीएन अफ नेपाल (बान) का केन्द्रीय उपाध्यक्ष तथा मकवानपुरका सञ्चार उद्यामी उज्वल चौँलागाईले हेटौँडाकको गौरिटारमा रहेको कोरोना आइसोलेसनको लागि जेनेरेटर उपलब्ध गराउनुभएको छ । आइसोलेसनलाई आवस्यक परुनजेल सम्मका लागि जेनेटर सहयोग गरिएको उहाँले वताउनुभयो ।
हेटौंडा गौरीटारको आइसोलेसन वार्डमा विद्युतको समस्या भएको खबर आएपछि समजिक सञ्जाल फेसबुक मार्फत आइसोलेसन सञ्चालन अवधिभर जेनेरेटर सहयोग गर्ने घोषँणा गर्नु भएका चौँलागाईले आज उक्त जेनेरेटर आइसोलेसन वार्डलाई सहयोग गर्नुभएको हो ।
जेनेरेटर उपलब्ध गराएपछि बिहिबार त्यहा रहेका संक्रमितहरुले विद्युत सेवा नहुँदा पानी तताउन समस्या भएको, मोवाईल चार्ज गर्न समस्या भएको जनाएका थिए । बिहिबार दिनभर विद्युत अवरोध हुँदा संक्रमितहरु समस्यामा परेका थिए । आइसोलेसनलाई आवस्यक परुनजेल सम्म जेनेटर सहयोग गरिने उहाँले वताउनुभयो ।