हेटौंडाको प्रयोगशालामा १८ हजार २ सय जनाको कोरोना परिक्षणका लागि स्वाब प्राप्त

जनपत्र
५ भाद्र २०७७, शुक्रबार ०७:३६

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० स्थित किटजन्य रोग अनुसन्धान तालिम केन्द्रमा सञ्चालन गरिएको कोरोना भाइरस (कोभिड १९) को प्रयोगशालामा हाल सम्म १८ हजार २ सय १८ जनाको कोरोना परिक्षणका लागि नमुना प्राप्त भएको छ । कुनैपनि विरामीलाई कोरोनाको संका लागेमा डाक्टरको सल्लाहमा वा कोरोना संक्रमतिको कन्ट्रयाक टे«सिङका आधारमा हेटौंडाको ल्यावमा कोरोना परिक्षण हुँदै आएको उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले वताउनुभयो ।

मकवानपुर जिल्लामानै कोरोना परिक्षण गर्ने प्रयोगशाला यो एउटा मात्र रहेको र यस भन्दा बाहेक निजी क्षेत्रका अस्पतलाबाट पैसा तिरेर कोरोना जाँच गराउने ठाउँ नभएको मेयर महतले वताउनुभयो । हेटौंडामा निजी क्षेत्रबाट भन्दा पनि १८ हजार जना भन्दा धेरैले निशुल्क रुपमा कोरोना परिक्षण गरिएको उहाँले वताउनुभयो । कोरोना परिक्षणका लागि स्वाब संकलनका लागि स्थानीय सरकारले स्वाथ्यकर्मी खटाउने, ल्याव र आइसोलेसनमा समेत उपमहानगरपालिकाका स्वास्थ्यकर्मी खटिरहेका छन् । कोरोनाको संका लागेमा हेटौंडाका १९ वटै वडा र उपमहानगरपालिकाबाट समेत आम नगरवासीहरुका लागि सहजीकरणको काम भइरहेको मेयर महतले वताउनुभयो ।

नमुना प्राप्त भएका मध्य धेरै जसोको कोरोना परिक्षण गरिएको छ । पछील्लो समय बिभीन्न जिल्लाबाट यहाँको प्रयोगशालामा कोरोना जाँच गर्न धेरै चाप भएपछी नमुना हेटौंडाको प्रयोगशालामा ल्याएर जााच् गर्ने चरणमा रहेको छ । हाल सम्म कोरोना परिक्षण गरिएका मध्यमा अधिकांश तराइका जिल्लाबाट परिक्षणका लागि ल्याइएका नमुनामा रहेका छन् । संक्रमितहरु अधिकांश तराइको बारा, पर्षा र रौतहटका छन् । पछील्लो समय मकवानपुरको हेटौंडा र गाउँपालिका क्षेत्रका नागरिकको पनि स्वाव परिक्षण गर्न ल्याउनेक्रम वढेको छ ।

कोरोनाको माहामारी सुरु भएदेखि हाल सम्म हेटौंडाको बागमती प्रादेशीक ल्यावमा १७ हजार जना भन्दा वढीको कोरोना जाँच गरिएको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयका डाक्टर पुरुषोत्तम सेढाईले जानकारी दिनुभयो । यहाँको ल्यावमा कोरोना जाँच गराउनेको धेरै चाप वढेको छ ।

प्रयोगशालामा देखिएका केही प्राविधिक समस्या र स्वाब संकलन धेरै भएर पालो पर्खनुपर्ने बाध्यता पनि छ । हेटौंडाको कर्रामा रहेको आइसोलेसनमा पीसीआर परिक्षण गराउन आउनेहरुको पनि निकै चाप वढेको छ । पछील्ला दिनहरुमा बिदेशबाट फर्कने, कोरोना संक्रमित व्यक्ति नजिक भएकाहरुको चाप निके वढेको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भोला चौलागाईले जानकारी दिनुभयो ।

आइसोलेसनमा रहेर पीसीआर परिक्षणको रिपोर्ट नेगेटिभ प्राप्त भएपछी मात्र डिस्चार्ज गर्ने गरिएको छ । हेटौंडाको ल्यावमा निरन्तर रुपमा कोरोना भाइरसको संका लागेका विरामीको स्वाब परिक्षण गरिदै आएको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयका डाक्टर सेढाईले वताउनुभयो ।

बितेको चैतमै ल्याव सञ्चालनमा ल्याएर निरन्तर रुपमा कोरोना परिक्षण गरिदै आएको छ । हेटौंडाको ल्यावमा मकवानपुर, बारा, पर्षा, रौतहट, धादिङ, सिंधुली, सिन्धुपाल्चोक लगायतका जिल्लाबाट स्वाब परिक्षणका लागि ल्याउने गरिएको छ । हेटौंडाको कर्रामा रहेको आइसोलेसनमा कोरोनाको संका लागेका विरामीहरुको पनि कोरोना परिक्षण गरिदै आएको छ । बिदेशबाट फर्किएका र कोरोना संक्रमितको नजिक रहेकाहरुको स्वाब परिक्षणका लागि ल्याउने गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*