‘काठमाण्डाैबाट बाहिर नजानुस्, काठमाण्डाै पनि नआउनुस्’

उपत्यका मेयर फोरमका अध्यक्ष एवं काठमाण्डौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले निषेधाज्ञाको अवस्थामा घरबाहिर ननिस्कन सर्वसाधारणलाई अपिल गर्नुभएको छ ।
सरकारले जिल्ला प्रशासन कार्यालयमार्फत एक हप्ताका लागि निषेधाज्ञा जारी गरेकाले त्यसलाई पूर्ण पालना गर्न महानगरपालिकाका प्रमुख शाक्यले अपिल गर्नुभएको हो । उहाँले अत्यावश्यक कामका लागि घरबाहिर आउन परेमा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर मात्र निस्कनसमेत आग्रह गर्नुभयो ।