घरमै बसेर तीज मनाउन मकवानपुर प्रशासनको आग्रह, मन्दिरमा पुजा गर्न रोक

जनपत्र
४ भाद्र २०७७, बिहीबार १४:०२

हेटौंडा । हिन्दु नारीहरुको महान पर्व घरमै वसेर मनाउनका लागि मकवानपुर प्रशासनले अनुरोध गरेको छ । मकवानपुरको हेटौंडा सहित १० वटै स्थानीय तहमा रहेका शिव मन्दिरहरुमा पुजा गर्न, नाचगान गर्न, रमाइलो गर्नका लागि रोक लगाइएको प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले वताउनुभयो ।

कोरोना भाइरसको संक्रमण वढ्न नदिनका लागि यो वर्षको तीज पर्व आफन्तकहाँ जाने र भेला हुने भन्दा पनि घरमै परिवार मिलेर मनाउनका लागि उहाँले आग्रह गर्नुभयो । मकवानपुरका तीन वटा स्थानीय तहमा प्रशासनले निषेधाज्ञा जारी गरेको छ । हेटौंडा, थाहा नगरपालिका र मनहरी गाउँपालिकाको राजमार्ग क्षेत्रमा निषधाज्ञा जारी गरेपछी भेला हुन पाइने छैन । त्यसैले यो वर्षको तीज आफ्नै घरमा रहेर मनाउनका लागि आग्रह गरिएको प्रजिअ नेपालले वताउनुभयो ।

यस्तो छ प्रशासनको सूचनाः

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*