लिदी पहिरो : २८ जनाको शव फेला, ११ बेपत्ताको खोजी जारी

जनपत्र
४ भाद्र २०७७, बिहीबार १०:५३

सिन्धुपाल्चोक — जुगल गाउँपालिका वडा नम्बर २ लिदी लामागाउँको पहिरोमा बेपत्ता भएका ३९ मध्ये बिहीबार बिहानसम्म २८ जनाको शव भेटिएको छ । लिदीका १३ घरका बेपत्ता भएका ३९ जनामध्ये २८ जनाको शव भेटिएको हो ।

आहिलेसम्म फेला परेका सबै शवको सनाखत भइसकेको जिल्ला प्रहरी कार्यालय चौतारा सिन्धुपाल्चोकले जनाएको छ । यसअघि २४ जनाको शव भेटिएको थियो ।

बिहीबार बिहान ४ वर्षीय सोनाम दोङ, ४२ वर्षीय विविरानी दोङ, ५ वर्षीय सानुकान्छा दोङ र १८ वर्षीया ललिता दोङको शव भेटिएको हो ।

पहिरोमा परी घाइते भएका ५ जनामध्ये ४ जना उपचारपछि डिस्चार्ज भइसकेका छन् भने एक जनाको काठमाडौंस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ ।

गत साउन ३० गते बस्तीमाथिबाट आएको पहिरोले १३ घर पूर्ण रुपमा पुरेको र ३७ वटा घरमा क्षति पुऱ्याएको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*