रौतहटमा पुजारीको गोली हानेर हत्या

जनपत्र
४ भाद्र २०७७, बिहीबार ०६:१०

रौतहटको माधवनारायण नगरपालिकामा मन्दिरका एक जना पुजारीको गोली हानेर हत्या गरिएको छ । जिल्लाको माधवनारायण नगरपालिका वडा नं।२ खेसरहिया स्थित हनुमान मन्दिरको पुजारी श्रीराम साहको गोलि हानेर हत्या गरिएको हो । पुजारी साहले खाना खाई रहेको अवस्थामा अज्ञात समुहले बुधवार राती करिब सवा ९ बजेको समयमा कन्चटमा गोली हानेर हत्या गरेको स्थानीयले बताएका छन् ।

आँफैले बनाएको हनुमान मन्दिरको पुजारीको रूपमा रहेका श्रीराम साहले खाना खाँदै गरेको अवस्थामा अपरिचित व्यक्तिको समुहले बाया कन्चटमा गोली हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय, रौ तहटले जनाएको छ । घटनामा संलग्न व्यक्तिहरू हाल फरार रहेको र उनीहरूको खोजी कार्य तिब्र बनाईएको प्रहरीले बताएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*