मकवानपुरे कम्युनिस्ट विद्यार्थी तथा खेलकुद क्षेत्रले आइसोलेसनमा दुध उपलब्ध गराउने

जनपत्र
३ भाद्र २०७७, बुधबार २०:१७

हेटौंडा/ हेटौंडा ६ मा रहेको गौरिटार आईसोलसनमा रहेका कोरोना भाइरस संक्रमितको लागि मकवानपुरे कम्युनिस्ट युवा विद्यार्थी तथा खेलकुद क्षेत्रले दैनिक एक महीनासम्म दुध उपलब्ध गराउने निर्णय गर्दै बुधबार दुध हस्तान्तरण गरेका छन् । टोलिले बुधबार गौरीटारस्थित आईशोलेशन वार्ड पुगेर २० लीटर दुध हेटौंडा अस्पताल बिकास समितिका अध्यक्ष प्रकाश पौडेललाई हस्तान्तरण गरेको हो ।

एक महिनासम्म दैनिक २० लीटर दुध तथा बेसार कोरोना संक्रमीतहरुलाई उपलब्ध गराउने गरी टोलिले सहयोग गरेको हो ।नेकपाका युवा नेता तथा युवा संघ मकवानपुरका अध्यक्ष सन्तोष चौलागाईं, नेकपा हेटौंडा नगर कमिटी सदस्य शिबहरि दाहाल, नेपाल खेलकुद महसंघ मकवानपुरक अध्यक्ष धरम लामा, अनेरास्ववियु मकवानपुर संयोजक किशन घिसिङ, हेटौंडा उपमहानगरपालिका खेलकुद बिकास समितका अध्यक्ष चन्द्र साही,नेकपाका युवा नेता नरेन्द्र भण्डारी, विशाल पौडेल, कृष्ण लामिछाने, बिश्वराज राइ, राजेश नगरकोटी, समीम खान सहीतको टोली आईशोलेशन पुगेर दुध हस्तान्तरण गरेको हो ।

हस्तान्तरण कार्यक्रममा नेकपा मकवानपुरका नेता बालकृष्ण चौलागाईं, अमृत दाहाल, गणेश दुलालको पनि उपस्थिति रहेको थियो । हेटौंडा–६ स्थित नारायणी दुग्ध उत्पादक सहकारी संस्था मार्फत नियमीत दुध उपलब्ध गराउने गरी नेकपाका नेता बिश्वराज राइ र गणेश दुलाललाई जिम्मेवारी दिईएको युवा नेता शिबहरि दाहालले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*