हेटौंडाका मेयर महतका चालकलाई कोरोना पुष्टि

जनपत्र
३ भाद्र २०७७, बुधबार १७:४४

हेटौंडा – हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतका सवारी चालकलाई कोरोना संक्रमण पुष्टी भएको छ। आज सार्वजनिक भएको २० जना मध्यको लिटमा मेयरका चालकमा कोरोना संक्रमण पुष्टि भएको हो । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ निवासी ३८ बर्षीय चालक सुक्रबाटबाट ज्वरो आएका कारण कार्यालयमा आउन सक्नुभएको छैन ।

सनिवार कोरोना परिक्षणको लागि स्वाब दिएका चालकको आज प्राप्त रिपोर्टमा कोरोना पुष्टि भएको हो । उहाँ अहिले होम आइसोलेसनमानै वस्नु भएको छ । मेयरका चालकमा पनि संक्रमण पुष्टी भएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाइले जानकारी दिनुभयो ।

सवारी चालकमा संक्रमण पुष्टी भएपछि मेयर महत समेत सुरक्षित रुपमा बस्नु भएको छ । चालकलाई ज्वरो आउने वित्तिकै मेयर महतले विदा दिनु भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*