मकवानपुरमा आज थप २३ जनामा कोरोना पुष्टि, हेटौंडामा मात्रै २० जनामा संक्रमण

जनपत्र
३ भाद्र २०७७, बुधबार १३:५५

हेटौंडा । मकवानपुरमा आज थप २३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । २३ जना मध्यमा २० जना हेटौंडा उपमहानगरपालिका क्षेत्रका नागरिकमा कोरोना संक्रमण पुष्टि भएको छ । अरु तीन जना मात्र हेटौंडा बाहिरका संक्रमति रहेका छन् ।

हेटौंडाका वडा मध्य सबै भन्दा धेरै हेटौंडा–४ का ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हेटौंडा–१ का ४ जना, हेटौंडा–३ का ३ जना, हेटौंडा–५ का २ जना, हेटौंडा ७ का १ जना, हेटौंडा–९ का २ जना, हेटौंडा–१० जना र मकवानपुरको भीमफेदी गाउँपालिकाका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भोला चौलागाईले वताउनुभयो । आज प्राप्त भएको रिपोर्ट वितेको साउन ३१ गते आइसोलेसनमा गरिएको स्वाब संकलन गरिएको रिपोर्टको नजिता हो ।

हेटौंडाको आइसोलेसनबाट प्राप्त रिपोर्ट जस्ताको तस्तै तल उल्लेख गरिएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*