चितवनका ४ ओटा नगरपालिकामा एकसाता निषेधाज्ञा

जनपत्र
३ भाद्र २०७७, बुधबार ०६:३९

पछिल्लो साता चितवनमा कोरोना संक्रमितको संख्या तीव्ररूपमा बढ्न थालेपछि यहाँका ४ ओटा नगरपालिकामा निषेधाज्ञा लागू गर्ने निर्णय गरिएको छ । आइतवार राति १२ बजेदेखि भदौ ७ गतेसम्मका लागि निषेधाज्ञा लागू गर्ने निर्णय भएको हो ।

चितवनको रत्नगर, कालिका, खैरहनी र राप्ती नगरपालिका प्रमुखहरूको आइतवार बसेको बैठकले ४ ओटा नगरपालिका क्षेत्रमा निषेधाज्ञा लागू गर्ने निर्णय गरेको रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले जानकारी दिए । वनका अनुसार निषेधाज्ञा लागू गर्न नगरपालिकाले संयुक्त रूपमा निर्णय गरेर प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईलाई जानकारी गराइएको छ । ‘दिनप्रतिदिन जोखिम बढ्दै गएको छ’, उनले भने, ‘हामी ४ नगरपालिकाको प्रमुखसहितको बैठकले निषेधाज्ञा गर्ने निणर्य गरी प्रशासनलाई भनेका छौं ।’
प्रमुख जिल्ला अधिकारी भट्टराईले आइतवार रातीदेखि नै लागू हुने गरी पूर्वी चितवनमा निषेधाज्ञा घोषणा गरिएको बताए । यस बारेमा प्रशासनले पनि आइतवार नै सार्वजनिक सूचना जारी गगरिसकेको छ । यसअघि भरतपुर महानगरपालिकाले शुक्रवार रातीदेखि भदौ ५ गतेसम्मका लागि निशेधाज्ञा जारी गरिसकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*