मकवानपुरमा आज थप २६ जनामा कोरोना संक्रमण पुष्टि
हेटौंडा । मकवानपुर जिल्लामा आज थप २६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमित हुनेहरुमा हेटौंडा उपमहानगरपालिका क्षेत्रका मात्रै १८ जना रहेका छन् ।
कोरोना भाइरस संक्रमित हुनेहरुमा हेटौंडाका विभीन्न कार्यालयमा कार्यरत ५ जना कर्मचारी रहेका छन् । हेटौंडाका १८ जना मध्यमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४ का सबै भन्दा वडी ५ जनामा संक्रमण पुष्टि भएको छ ।
त्यसैगरी हेटौंडा–५ का ३ जना, हेटौंडा–६ का १ जना, हेटौंडा–२ का १ जना, हेटौंडा–८ का १ जना, हेटौंडा–११ का २ जना, हेटौंडा–१२ का २ जनामा संक्रमण पुष्टि भएको उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भोला चौलागाईले जानकारी दिनुभयो । यसैगरी मकवानपुर गढी गाउँपालिकाका ३ जना र बागमती गाउँपालिकाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको उहाँले वताउनुभयो ।