कोरोना नियन्त्रणका लागी बुधवारसम्म विस्तृत योजना ल्याउने तयारीमा सरकार
प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड-१९ संकट व्यवस्थापन केन्द्र ‘सीसीएमसी’ लाई कोरोना रोकथामका लागी विस्तृत योजना तयार पार्न निर्देशन दिएका छन् ।
सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्री ओलीले कोरोना अनियन्त्रित हुँदै गएको भन्दै रोकथामको लागि विषेश रणनीति तयार पार्न निर्देशन दिएका हुन् । बालुवाटार श्रोतका अनुसार प्रधानमन्त्री ओलीले आगामी बिहीवार बस्ने मन्त्रिपरिषद्को बैठकले कोरोना रोकथामको रणनीति तय गर्ने बताएका छन् ।