लागूऔषध सेवनकर्ताद्वारा प्रहरीमाथि खुकुरी प्रहार, तीन जना पक्राउ

जनपत्र
२ भाद्र २०७७, मंगलवार ०४:५७

हेटौंडा — हेटौंडा–६, गौरीटारमा लागूऔषध सेवनकर्ता र प्रहरीबीच झडप हुँदा प्रहरी सहायक निरीक्षक र प्रहरी हवल्दार घाइते भएका छन् ।प्रहरी चौकी चौघडाका इञ्चार्ज प्रहरी सहायक निरीक्षक डम्बरबहादुर केसीको लागूऔषध प्रहयोगकर्ताहरु पक्राउ गर्ने क्रममा उनीहरुले प्रहार गरेको खुकुरी लागेर दायाँ हातमा गम्भीर चोट लागेको स्थानीय प्रत्यक्षदर्शी केदार चौलागाईंले जानकारी दिए ।

उनका अनुसार प्रहरी हवल्दार विकेश राय पनि घाइते भएका छन् । करिब दश बजेको समयमा स्थानीय युवाहरु लागूऔषध सेवन गरिरहेको समयमा प्रहरीले उनीहरुलाई पक्राउ गर्न खोज्दा युवाहरुले प्रहरीलाई खुकुरी प्रहार गरेका थिए ।

प्रहरीले लागूऔषध सेवन गरेर प्रहरीसँग झगडा गरेर खुकुरी प्रहार गर्ने तीन जनालाई पक्राउ गरेको । पक्राउ पर्नोहरुमा हेटौंडा–६, २६ वर्षीय भक्तराम राउत, १६ वर्षीय उत्सवा गौतम, ५० वर्षीय नकुल विक रहेका छन् । राउतले प्रहरीमाथि खुकुरी प्रहार गरेका थिए । घाइते भएका प्रहरी सहायक निरीक्षक र हवल्दारको हेटौंडामा सामान्य उपचारपश्चात् थप उपचारका लागि चितवन रेफर गरिएको छ । झगडा भएको स्थान हेटौंडाबाट करिब सात किलोमिटर पूर्वस्थित हेटौंडा–६ र १६ नम्बरको गौरीटार रंगशाला नजिकै हो ।

‘दैनिक त्यसक्षेत्रमा युवाहरु रातको समयमा लागूऔषध सेवन गरेर ढुंगा हान्दै होहल्ला गरेको खबर आएपछि हाम्रो प्रहरी टोली त्यहाँ पुगेको हो । हाम्रो टोलीले उनीहरुलाई देखेपछि रोक्न खोज्दा खुकुरी प्रहार भयो,’ जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिए । इकान्तिपुरबाट ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*