कोरोना संक्रमणबाट विराटनगरमा थप एकको मृत्यु

जनपत्र
१ भाद्र २०७७, सोमबार २०:००

कोसी अस्पतालको आइसोलेसनमा उपचाररत विराटनगर-८ का ४७ वर्षीय पुरुषको सोमबार साँझ ५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । खोकी र ज्वरो आएर आइतबार साँझ अस्पतालमा भर्ना भएका उनको फोक्सोमा समस्या रहेको अस्पतालका प्रमुख डा. चुमनलाल दासले बताए ।

यसैबीच विराटनगर महानगरपालिकामा आइतबार थप २९ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै महानगरमा संक्रमितको संख्या ५ सय ९५ पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*