मकवानपुर सहित बागमतीमा कोरोनाबाट सुरक्षीत रहन फेस सिल्ड लगाएर डियुटीमा प्रहरी

जनपत्र
१ भाद्र २०७७, सोमबार ११:०९

हेटौंडा । मकवानपुर जिल्ला सहित बागमती प्रदेशमा ड्युटीमा खटिने प्रहरीले फेस सिल्ड ल्याएर डियटीमा आजबाट खटिएका छन् । प्रदेश प्रहरी कार्यालयका प्रत्यक्ष मातहतमा रहेका प्रहरी कर्मचारीहरु सबैले संक्रमण जोखीमलाई कम गर्न आज बिहानै देखी फेस सिल्ड लगाएर डियुटी गर्न थालेका हुन् । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले कार्यरत सबै प्रहरी कर्मचारीहरुलाई फेस सिल्ड वितरण गरीसकेको छ ।

सबै प्रहरी कर्मचारीहरुमा एकरुपता ल्याउन फेस सिल्डमा प्रहरीको लोगो र “बागमती प्रदेश प्रहरी” लेखीएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी वरिष्ठ उपरिक्षक सुदिप गिरीले वताउनुभयो । फिल्डमा नियमित डियुडीमा खटिने हरेक प्रहरी कर्मचारीले फेस सिल्ड लगाएर डियुटी गर्ने छन् । डियुटीमा खटिँने प्रहरी कर्मचारी धेरै जनासंग सम्पर्कमा आउनु पर्ने भएकाले प्रहरी कर्मचारीहरुलाई संक्रमण हुनबाट जोगाउन र प्रहरी कर्मचारीहरुबाट अन्य ब्यक्तिमा संक्रमण नफैलियोस भन्ने उद्देश्यले बागमती प्रदेश अन्तर्गत कार्यरत सबै प्रहरी कर्मचारीहरुलाई फेस सिल्ड उपलब्ध गराईएको हो ।

बिभिन्न प्रहरी ईकाइमा कार्यरत प्रहरी कर्मचारीहरुमा समेत कोरोना संक्रमण देखिएकाले संक्रमणलाई थप फैलन नदिन बागमती प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक बसन्त कुमार लामाले हरेक प्रहरी कर्मचारीलाई फेस सिल्ड उपलब्ध गराई डियुटीमा बस्दा मास्क, फेस सिल्ड लगाई डियुटी गर्न निर्देशन समेत दिनुभएको छ ।

प्रहरी कार्यालयमा हुन सक्ने संक्रमण जोखीमलाई न्युनिकरण गर्न पक्राउ परेका ब्यक्तिहरुका साथै संक्रमण जोखिममा कार्यरत प्रहरी कर्मचारीहरुलाई अनिवार्य पिसिआर टेष्ट गर्ने व्यवस्था मिलाईएको छ भने प्रहरी कर्मचारीहरुलाई समेत समुह समुहमा बिभाजन गरी बस्ने, खाने र डियुटी गर्ने व्यवस्था मिलाईएको छ । सबै प्रहरी कार्यालयमा स्वास्थ्य सुरक्षा सामाग्री उपलब्ध गराउने, हरेक प्रहरी कार्यालयमा क्वारेन्टिन बनाउने, अत्यावश्यक कामले कार्यालय बाहिर जाने प्रहरी कर्मचारीहरुलाई क्वारेन्टिनमा बस्ने लगाएतका सुरक्षा सावधानी अपनाईएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*