फेरि तीन दिन देशभर वर्षा हुने

जनपत्र
३२ श्रावण २०७७, आईतवार ०६:०४

जल तथा मौसम विज्ञान विभागले पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले तीन दिन देशको अधिकांश भूभागमा वर्षा हुने जनाएको छ।

मनसुनी न्यून चापीय रेखा पश्चिममा नेपाल नजिक दक्षिणतर्फ अवस्थित रहेकाले तीन दिन देशभर वर्षाको सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गले बताए। उक्त रेखा नेपालको पश्चिमी भूभाग नजीक रहेकाले पश्चिममा बढी वर्षाको सम्भावना रहेको उनको भनाइ छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*