मकवानपुरमा आज थप २० जनामा कोरोना संक्रमण पुष्टि
हेटौंडा । मकवानपुर जिल्लामा आज थप २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पुष्टि भएका मध्यमा सवै भन्दा धेरै हेटौंडा उपमानगरपालिका क्षेत्रका १२ जनामा संक्रमण पुष्टि भएको हो ।
हेटौंडामा कामको शिलशिलामा वसोवास गर्ने, तर मकवानपुर बाहेकका जिल्लाका ७ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको हेटौंडा उपमहानगरपालिकाका जनस्वाथ्य निरिक्षक भोला चौलागाईले वताउनुभयो । आज संक्रमित हुनेहरुमा १७ जना पुरुष र ३ जना महिला रहेका छन् ।
हेटौंडामा आज थप देखिएका संक्रमित मध्यमा हेटौंडा–३ का १ जना पुरुष, हेटौंडा–५ का १ जना पुरुष, हेटौंडा १८ का १ जना पुरुष, हेटौंडा–८ का १ जना महिला र २ जना पुरुष, हेटौंडा–४ का ३ जना पुरुष, हेटौंडा–६ का १ पुरुष, १ जना महिला, हेटौंडा–१० का १ जना पुरुष, मकवानपुरको मनहरी गाउँपालिकाका वडा नम्बर ७ का १ जनामा कोरोना संक्रमण पुष्टि भएको चौलागाईले जानकारी दिनुभयो ।
त्यस्तै, पर्सा ठेठाना भई हेटौंडा बस्ने ४ जना, बारा ठेगाना भई हेटौंडा बस्ने १ जना, उदयपुर ठेगाना भई हेटौंडा बस्ने १ जना र रौतहट ठेगाना भई हेटौंडा बस्ने १ जना रहेका छन् ।