लिदी पहिरो : मृत्यु हुने ११ जनाको सनाखत, बेपत्ताको खोजी जारी

जनपत्र
३१ श्रावण २०७७, शनिबार १०:४३

सिन्धुपाल्चोक — जुगल गाउँपालिका वडा नम्बर–२, लिदी लामागाउँको पहिरोमा बेपत्ता भएकामध्ये ११ जनाको शबवफेला परेको छ । ११ जनाको शव शुक्रबार पहिरोले पुरिएको अवस्थामा फेला परेको र सनाखत भइसकेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी माधवप्रसाद काफ्लेका अनुसार मृत्यु हुनेहरुमा लिदी लामागाउँकी ३६ वर्षीया टिकामाया दोङ, १४ वर्षीय छिरिङ दोङ, ८० वर्षीय जिते झाक्री, ८ वर्षीय मिलन दोङ, ८ वर्षीय सानु दोङ, ७० वर्षीय जयबहादुर दोङ, ३० वर्षीय दावाल्हामु दोङ, ५ वर्षीया प्रिती दोङ, ५ महिनाकी कान्छी दोङ, ३४ वर्षीया धनमाया दोङ र ४ महिनाका रेमिश दोङ रहेका छन्

। मृतकको शवको बौद्ध परम्पराअनुसार सामूहिक रुपमा अन्येष्टिको तयारी गरिएको छ । बर्खाले सडक बगाएपछि एक्स्काभेटर लैजान नसकिँदा आहिले सशस्त्र प्रहरी, नेपाली सेना र नेपाल प्रहरीका ५५ जनाको टोली मिलेर साबेल, कोदालोको भरमा बाँकी २७ जना बेपत्ता खोजी गरिरहेको डीएसपी काफ्लेले जानकारी दिए ।

पहिरोमा पुरिएर घाइते भएका जुगल लिदीका ९ वर्षका रुपबहादुर दोङ,४३ वर्षकी जुनमाया दोङ, ६० वर्षकी केवरीङ दोङ र २३ वर्षका पासाङ दोङको चौतारास्थित अस्पतालमा उपचार भइरहेको छ भने ४५ वर्षकी यामुलामु दोङको काठमाडौंको बानेश्वरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको उनले जनाए । ‘सबैको अवस्था सामान्य भएको खबर आएको छ, अधिकाशंको टाउको र हातमा चोट लागेको छ,’ डीएसपी काफ्ले भने ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*