प्रहरी कल्याण कोष पेट्रोल पम्प नक्सालका प्रसनि दिलिप कार्की अख्तियारको नियन्त्रणमा

जनपत्र
३१ श्रावण २०७७, शनिबार ०६:३८

प्रहरी कल्याण कोष पेट्रोल पम्प नक्सालमा कार्यरत प्रहरी सहायक निरीक्षक दिलिप कार्कीलाई अनुसन्धानको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ ।

प्रहरी सहायक निरीक्षक दिलिप कार्कीले प्रहरी कल्याण कोष पेट्रोल पम्प नक्सालमा कार्यरत रहँदा आ.ब. २०७४र०७५ र आ.ब. २०७५र०७६ मा गरी जम्मा रु। १,०८,९९,१८४।– (एक करोड आठ लाख उन्नान्सय हजार एक सय चौरासी रुपैयाँ०) हिनामिना गरेको सम्बन्धमा प्रहरी प्रधान कार्यालय नक्सालको पत्रसहित मिति २०७७।०४।२९ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दाखिला हुन आएको हुँदा प्रसनि कार्कीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको बेहोरा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता तारानाथ अधिकारीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*