धारिलो हतियार प्रहारबाट घाइते युवकको मृत्यु
काठमाडौंको बानियाँटारमा धारिलो हतियार प्रहारबाट घाइते भएका एकजनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ। प्रहरी परिसर काठमाडौंका अनुसार ग्रिन सिटी अस्पतालमा उपचाररच २४ वर्षीय लक्ष्मण तामाङको मृत्यु भएको छ।
तामाङमाथि धारिलो हतियार प्रयोग भएको प्रहरीको भनाई छ। उनको शुक्रबार अबेर अस्पतालमा मृत्यु भएको हो। प्रहरीले यो घटनामा अनुसन्धान भइरहेको बताएको छ। कसले किन तामाङमाथि हतियार प्रहार गरेको हो भन्ने विषयमा भने अनुसन्धान जारी रहेकाले केही नखुलेको प्रहरीले बताएको छ।