पाहुना बन्द गरौँ : मन्त्रालय
काठमाण्डाै – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफू पनि अरुकाेमा पाहुना लाग्न नजान र अरुलाई पनि पाहुना लाग्न नबोलाउन आग्रह गरेको छ ।
उहाँले यस्तो काम रोक्नका लागि समुदायमा रहेका व्यक्ति तथा टोल विकास संस्थाहरुले ख्याल गरी पालिकाहरुमा जानकारी गराउन पनि आग्रह गर्नुभयो ।
प्रवक्ता गौतमले कोरोना सङ्क्रमणको कुनै उपचार नभएको र अहिलेसम्म खोप पनि तयार भइ नसकेकोले एक अर्काबाट टाढा रहेर सङ्क्रमण फैलन रोक्नु नै मुख्य उपाय भएको बताउनुभयो ।
उहाँले मन्त्रालयले बारम्बार आग्रह गरिरहेको हात धुने, मास्क लगाउने, व्यक्तिगत दुरी कायम गर्ने जस्ता सुरक्षाका उपायलाई बेवास्ता नगर्न पनि आग्रह गर्नुभयो ।