बागमतीका प्रदेश प्रमुख कार्यालयका सचिबलाई कोरोना संक्रमण पुष्टि
हेटौंडा । बागमती प्रदेशको प्रदेश प्रमुख कार्यालयका सचिवलाई कोरोना संक्रमण पुष्टि भएको छ । हेटौंडाको प्रयोगशालामा गरिएको परिषणका क्रममा प्रमुख सचिबलाइृ पनि कोरोना भएको पुष्टि भएको हो । सचिवलाई कोरोना संक्रमण पुष्टि भएपछी परिवारका सदस्यको पनि पीसीआर जाँचको तयारी भइरहेको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भोला चौलागाईले वताउनुभयो ।
ज्वरो आउने र घाँटी दुख्ने समस्या भएपछि कोरोना परीक्षणका लागि स्वाब नमूना संकलन गरिएको थियो । बागमती प्रदेशको प्रदेश प्रमुख कार्यालयका सचिवको कोरोना रिपोर्ट पोजेटिभ आएको स्वास्थ्यकर्मीले वताएका छन् । उहाँ परिवार सहित हेटौंडामै सुरक्षित ढंगले बसेको बताइएको छ ।