बाराका २ जनामा मृत्युपछि काेराेना पुष्टि

बारा – बारामा बिहीबार काेराेना भाइरसकाे सङ्क्रमणबाट दुई जनाको मृत्यु भएको छ । दम, मधुमेह र उच्च रक्तचापका रोगी दुई जना वृद्धको सङ्क्रमणबाट मृत्यु भएको हो ।
दम रोगी ती पुरुषलाई ज्वरो आएर श्वासप्रश्वासमा समस्या देखिएपछि बिहीबार नारायणी अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो । जितपुर सिमरा उपमहानगरपालिकाका ५० वर्षीय पुरुष मधुमेह र उच्च रक्तचापको बिरामी भएको र श्वासप्रश्वासमा समस्या देखिएपछि बुधबारदेखि गण्डक कोभिड अस्पतालमा उपचार हुँदै आएकोमा बिहीबार मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्युपछि नारायणी अस्पतालको ल्याबमा गरिएको पीसीआर परीक्षणमा दुवै जनामा कोरोना सङ्क्रमण देखिएको प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयाे ।