मकवानपुरमा आज एकै दिन ५२ जनामा कोरोना संक्रमण पुष्टि
हेटौंडा । मकवानपुर जिल्लामा आज एकै दिनमा कोरोना संक्रमितको सख्या ५२ जना पुगेको छ । सबै आज थपीएका संक्रिमित मध्यमा सबै भन्दा धेरै हेटौंडाका रहेका छन् । आज विहान मात्र ३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भइसकेको छ । मकवानपुरमा आज विहान ३७ जनामा कोरोना संक्रमण भएको थियो भने साँझ १५ जना संक्रमित थपीएका छन् ।
बिहान र दिउसो प्राप्त रिपोर्ट अनुसार मकवानपुरमा ५२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हेटौंडा उपमहानगरपालिकाका जनस्वाथ्य निरिक्षक भोला चौलागाईले जानकारी दिनुभयो ।
आज बिहान २७ जनामा कोरोना संक्रमण पुष्टि भएपछी आज साँझ भने हेटौंडा २ का २३ वर्षिय महिला, २३ वर्षिय पुरुष, हेटौंडा १० का ४७ वर्षिय पुरुष, हेटौंडा ४ का ४० वर्षिय पुरुष, ३५ वर्षिय महिला, हेटौंडा ६ का ५० र ६८ वर्षिका महिला र ६८ वर्षका पुरुषमा कोरोना संक्रमण भएको उहाँले वताउनुभयो । यस्तै हेटौंडा ९ का ३४ वर्षिय पुरुष, हेटौंडा ७ का ३७ र ५६ वर्षिय पुरुष, हेटौंडा ८ का २३ वर्षिय महिला, मकवानपुर गढी ३ का २३ वर्षका पुरुष र ५१ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । यसैगरी सप्तरी जिल्ला घरभइ हाल हेटौंडामा कार्यरत एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
आज बिहान ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । बिहान संक्रमित हुनेमा हेटौंडा–९ का ७ जना, हेटौंडा–५ का ४ जना, हेटौंडा–४ का ४ जना, हेटौंडा–२ का १ जना, १० का १ जना र १३ का १ जना गरि नगरमा १८ जना रहेको उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भोला चौलागाईले जानकराी दिनुभयो ।
त्यसैगरी मकवानपुरको भीमफेदी गाउँपालिकामा ३ जना, थाहा नगरपालिका २ जना, बकैया गाउँपालिका २ जना, चितवन ठेगाना भएका १ जना, काठमाडौ ठेगाना भएका १ जना र १० जना प्रहरी गरि १९ जनामा कोरोना संक्रमण देखिएको चौलागाईंले बताउनुभयो । चितवन र काठमाण्डौ घर भएपनि कामको शिलशिलामा मकवानपुरमा वस्दै आएका दुइ जनालाई पनि कोरोना संक्रमण भएको हो ।