ओलीलाई भेट्न बालुवाटार पुगे प्रचण्ड

जनपत्र
२९ श्रावण २०७७, बिहीबार १२:३१

काठमाडौं । लामो समयको संवादहीनतापछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ ।

ओलीलाई भेट्न प्रचण्ड केहीबेरअघि प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् ।

भेटमा पार्टीको समस्या समस्या समाधानलगायतका विषयमा कुराकानी भइरहेको बताइएको छ ।

स्थायी कमिटीको बैठकमा प्रचण्ड–माधव नेपाल पक्षका नेताहरुले ओलीको राजीनामा मागेपछि नेकपामा विवाद बढेको छ । राजीनामा नदिने ओलीको अडान र अध्यक्ष वा प्रधानमन्त्रीमध्ये कुनै एक पद त्याग्नुपर्ने ओली इतर समूहको दबावका कारण स्थायी कमिटी बैठक पनि स्थगित गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*