तराइबाट प्रवेश गर्नेले हेटौंडा जोखिममा, मकवानपुरमा संक्रमितको संख्या १३७ जना पुग्यो

जनपत्र
२९ श्रावण २०७७, बिहीबार १२:०७

हेटौंडा । तराइका जिल्लाबाट हेटौंडा प्रवेशमा नियन्त्रण गर्न नसक्दा हेटौंडामा दिनहुँजसो कोरोना संक्रमतिको सख्या निकै वढेको छ । पुर्वपस्चिम राजमार्ग अन्तरगत हेटौंडाको रातोमाटेबाट प्रवेशमा कडाइ गरिएपनि जंगलबाट समेत दिउस, साँझ, वेलुका मानीसको आवतजावत भएकाले हेटौंडामा थप जोखिम बढेको उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले वताउनुभयो ।

कोरोनाबाट जोगिनका लासिग सबै सचेत रहनुपर्ने र स्थानीय सरकारले पनि यसको नियन्त्रणका लागि काम गरिरहेको मेयर महतले वताउनुभयो । भारतबाट तराइका जिल्लामा सजिलै प्रवेश गर्न सक्ने र तराइका जिल्लाबाट हेटौंडामा प्रवेशमा जती कडाइ गरेपनि नरोकीएका कारण हेटौंडामा थप जोखिम भएको मेयर महतले वताउनुभयो ।

अहिले स्थानीय प्रशासनले कोरोना नियन्त्रणका लागि निशेधाज्ञा जारी गरेको छ । यसलाई पालना गरेर कोरोना नियन्त्रणमा सहयोग गर्न उहाँले आग्रह गर्नुभयो । हेटौंडाको केही वडामा क्वारेन्टाइन र कर्रामा आइसोलेसनबाट सेवा दिइरहेको मेयर महतले वताउनुभयो । मकवानपुर जिल्लामा कोरोना भाइरस संक्रमितको सख्या एक सय ३७ जना पुगेको छ । आज एकै दिनमा ३७ जना कोरोना संक्रमित थपीएसंगै कोरोना संक्रमितको सख्या एक सय ३७ पुगेको हो ।

दोश्रो चरणमा देखा परेका कोरोना संक्रमित अधिकांश स्थानीय क्षेत्रमानै रहेकाहरु छन् । आज एकै दिनमा मकवानपुर जिल्लामा ३७ जना कोरोना संक्रमित पुष्टि भएपछी सख्या एक सय ३७ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यस भन्दा पहिले सवैजसो कोरोना संक्रमित बिदेशबाट घर फर्किएकाहरु रहेका थिए।

अहिले हेटौंडा उपमहानगरपालिका र स्थानीय गाउँपालिकामा कोरोना संक्रमि धेरै वढेका छन् । यसअघि भने भारत लगायतका बिभीन्न देशबाट नेपाल फर्किएकाहरुमा कोरोना पुष्टि भएको थियो। मकवानपुरका दश वटा स्थानीय तह मध्यमा सबै भन्दा धेरै हेटौंडा उपमहानगरपालिकामा कोरोना संक्रमित देखापरेका छन् । मनहरी गाउँपालिका, थाहा नगरपालिका, भीमफेदी गाउँपालिका, मकवानपुर गढी गाउँपालिकामा कोरोना संक्रमित धेरै देखापर्न थालेका हुन् ।

पछील्लो समय समुदायमा देखिएको कोरोना संक्रमण कहाँबाट कसले सारेको हुनसक्ने भन्नेमा स्वाथ्इकर्मी पनि अनविज्ञ रहेका छन् । पछील्लो एक सातामा मकवानपुर जिल्लामा संक्रमित धेरै देखिन थालेका हुन् । तर, यसमा सावधानी भने नागरिकले त्यती अपनाएका छैनन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*