कोरोनाबाट मकवानपुर प्रहरी जोखिममा, हेटौंडामै कार्यरत संक्रमित प्रहरीको सख्या १६ पुग्यो
हेटौंडा । कोरोना भाइरस संक्रमणबाट मकवानपुरको प्रहरी निकै जोखिममा रहेको छ । हेटौंडामा समुदाय स्तरमा कोरोना भाइरस संक्रमण फैलिएसंगै यसको जोखिममा प्रहरी पनि परेको हो ।
हेटौंडाका विभीन्न स्थानमा कार्यरत १६ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक शुशिलसिंह राठोरले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालय मातहत रहेको हटिया र वसपार्कमा कार्यरत १३ जना प्रहरीमा संक्रमण पुष्टि भएको उहाँले वताउनुभयो ।
आज संक्रमण पुष्टि भएका १० जना हुन् । त्यस मध्यमा तीन जना प्रदेश प्रहरी कार्यालय हेटौंडाको रहेको स्वास्थ्यकर्मीले वताएका छन् । आज १० जना र यसअघि ६ जना प्रहरीमा कोरोना पुष्टि भएको थियो ।