मकवानपुरमा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि, सबै भन्दा धेरै हेटौंडामा
हेटौंडा । मकवानपुर जिल्लामा आज सबै भन्दा धेरै कोरोना भाइरस संक्रण पुष्टि भएको छ । आज थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज थपीएका संक्रमित अधिकांश हेटौंडा उपमहानगरपालिका क्षेत्रका रहेका छन् । हेटौंडा उपमहानगरपालिका क्षेत्रमा मात्र १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । अरु गाउँपालिका क्षेत्रका रहेका छन् । यस अघि संक्रमित देखिएकाहरु पनि हेटौंडाका धेरै छन् । पछील्लो समय नेपाल प्रहरीमा कोरोना संक्रमितको सख्या पनि वढ्दै गएको छ ।
मकवानपुरमा पछील्लो समयमा कोरोना संक्रमितहरु थपीनेक्रम निकै वढेको छ । कोरोना संक्रमणबाट हेटौंडाका विभीन्न वडामा रहेका व्यक्तिमा देखिएको छ । संक्रमित हुनेमा हेटौंडा–९ का ७ जना, हेटौंडा–५ का ४ जना, हेटौंडा–४ का ४ जना, हेटौंडा–२ का १ जना, १० का १ जना र १३ का १ जना गरि नगरमा १८ जना रहेको उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भोला चौलागाईले जानकराी दिनुभयो ।
त्यसैगरी मकवानपुरको भीमफेदी गाउँपालिकामा ३ जना, थाहा नगरपालिका २ जना, बकैया गाउँपालिका २ जना, चितवन ठेगाना भएका १ जना, काठमाडौ ठेगाना भएका १ जना र १० जना प्रहरी गरि १९ जनामा कोरोना संक्रमण देखिएको चौलागाईंले बताउनुभयो । चितवन र काठमाण्डौ घर भएपनि कामको शिलशिलामा मकवानपुरमा वस्दै आएका दुइ जनालाई पनि कोरोना संक्रमण भएको हो ।