मकवानपुरमा कोरोना संक्रमितको संख्या ९७ जना पुग्यो, २५ सय जनाको पीसीआर जाँच

जनपत्र
२८ श्रावण २०७७, बुधबार ०५:५२

हेटौंडा । मकवानपुर जिल्लामा कोरोना भाइरस संक्रमितको सख्या ९७ जना पुगेको छ । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयका डाक्टर पुरुषोत्तम सेढाइका अनुसार मकवानपुर जिल्लामा कोरोना संक्रमितको सख्या ९७ जना पुगेको हो । कोरोना भाइरसको संका लागेपछी २ हजार ५ सय ५३ जनाको स्वाब संकलन गरेर प्रयोगशालामा परिक्षण पछी ९७ जनामा कोरोना भाइरस पुष्टि भएको डाक्टर सेढाइले वताउनुभयो ।

दोश्रो चरणमा देखा परेका कोरोना संक्रमित अधिकांश स्थानीय क्षेत्रमानै वसोवास गर्नेहरु रहेकाहरु छन् । हिजो एकै दिनमा मकवानपुर जिल्लामा १४ जना कोरोना संक्रमित पुष्टि भएपछी सख्या ९७ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यस भन्दा पहिले सवैजसो कोरोना संक्रमित बिदेशबाट घर फर्किएकाहरु रहेका थिए।

अहिले हेटौंडा उपमहानगरपालिका र स्थानीय गाउँपालिकामा कोरोना संक्रमि धेरै वढेका छन् । यसअघि भने भारत लगायतका बिभीन्न देशबाट नेपाल फर्किएकाहरुमा कोरोना पुष्टि भएको थियो। मकवानपुरका दश वटा स्थानीय तह मध्यमा सबै भन्दा धेरै हेटौंडा उपमहानगरपालिकामा कोरोना संक्रमित देखापरेका छन् । मनहरी गाउँपालिका, थाहा नगरपालिका, भीमफेदी गाउँपालिका, मकवानपुर गढी गाउँपालिकामा कोरोना संक्रमित धेरै देखापर्न थालेका हुन् ।

पछील्लो समय समुदायमा देखिएको कोरोना संक्रमण कहाँबाट कसले सारेको हुनसक्ने भन्नेमा स्वाथ्इकर्मी पनि अनविज्ञ रहेका छन् । पछील्लो एक सातामा मकवानपुर जिल्लामा संक्रमित धेरै देखिन थालेका हुन् । तर, यसमा सावधानी भने नागरिकले त्यती अपनाएका छैनन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*