संवैधानिक निकायका प्रमुखलाई कोरोना
काठमाडौँ — एक संवैधानिक निकायका प्रमुखलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले गरेको सामूहिक परीक्षणका क्रममा उनमा कोरोना संक्रमण देखिएको हो ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनमा कोरोना संक्रमण देखिएको हो । उनीसँगै स्वाब दिएका अरुको रिपोर्ट भने आउन बाँकी छ । उनी हालसम्म संक्रमण देखिएका मुलुकका उच्च अधिकारी हुन् ।