बागमती प्रदेश प्रहरी श्रीमती संघ गठन, कार्यालय परिषरमा बृक्षारोपण

जनपत्र
२६ श्रावण २०७७, सोमबार ०७:१३

हेटौंडा । बागमती प्रदेश प्रहरी श्रीमती संघको गठन भएको छ । बागमती प्रदेश अन्तर्गत कार्यरत प्रहरी कर्मचारीहरुको श्रीमतीहरुको भेलाले सुमि लामाको अध्यक्षतामा १३ सदसीय कार्य समिति गठन गरीएको हो । नेपाल प्रहरी श्रीमती संघको बिधान अनुसार प्रदेश प्रहरी कार्यालयहरुमा समेत प्रदेश प्रहरी श्रीमती संघ गठन गर्ने व्यवस्था अनुसार आज भएको भेलाले १ बर्षको लागि कार्य समिति चयन गरेको हो ।

प्रदेश प्रहरी श्रीमती संघ गठनको अवसरमा बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाको परिसर भीत्र बृक्षारोपण समेत गरीएको छ ।
बागमती प्रदेश प्रहरी श्रीमती संघको उपाध्यक्षमा कल्पना गिरी, महासचिवमा सुमिता श्रेष्ठ गुरुङ, सचिवमा पुनम थापा र कोषाध्यक्षमा ईशा गिरीलाई चयन हुनु भएको छ ।

त्यस्तै सदस्यहरुमा चन्द्रमुखी जैसवाल, सविता कालाखेती, रक्षा कोईराला, नन्दी थापा मगर, शिवानी मगर, सुष्मा बिक, निशा मगर र सम्झना खरेल चयन हुनु भएको छ । कार्यसमितिका सबै पदाधिकारी र सदस्यहरु सर्वसहमतीले चयन गरीएको हो । बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक बसन्त कुमार लामाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा बागमती प्रदेश प्रहरी कार्यालय, दंगा नियन्त्रण प्रहरी गण, जिल्ला प्रहरी कार्यालय लगाएतका कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरुको श्रीमतीहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा बागमती प्रदेश प्रहरी कार्यालयका प्रहरी बरिष्ठ उपरीक्षक सुदिप गिरी लगाएत सम्पुर्ण सिनियर प्रहरी अधिकृत तथा जवानहरुको समेत उपस्थिती रहेको थियो ।

प्रहरी नायव महानिरीक्षको श्रीमती देखी प्रहरी जवान सम्मको श्रीमतीको प्रतिनिधीत्व हुने गरी पदाधीकारी चयन गरीएको छ । प्रदेश प्रहरी श्रीमतीसंघले प्रहरी कर्मचारीका परिवारहरुको लागि बिभिन्न कल्याणकारी कार्य गर्ने, आम नागरिक लक्षीत बिभिन्न जनचेतनामुलक कार्यक्रम संचालन गर्ने निणय समेत गरेको छ । यस बागमती प्रदेश प्रहरी कार्यालय अन्तर्गत कार्यरत राष्ट्र सेवक प्रहरी कर्मचारीहरुका परिवार (श्रीमती) लाई सामाजिक सेवाको लागि अभिप्रेरित गरी राष्ट्रसेवाको पुनित कार्यको लागि संगठित गर्न तथा दैवि प्रकोपहरु लगायत मानविय सेवाका विविध क्षेत्रहरुमा सहयोग पुर्‍याई लोक कल्याणकारी सेवा उपलव्ध गराउने पवित्र उद्देश्यका साथ बागमती प्रदेश प्रहरी श्रीमती संघको गठन गरीएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*