मकवानपुरमा कोरोना संक्रमितको संख्या ८३ जना पुग्यो

जनपत्र
२६ श्रावण २०७७, सोमबार ०७:०९

हेटौंडा । मकवानपुर जिल्लामा कोरोना भाइरस संक्रमितको सख्या ८३ जना पुगेको छ । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयका डाक्टर पुरुषोत्तम सेढाइका अनुसार मकवानपुर जिल्लामा कोरोना संक्रमितको सख्या ८३ जना पुगेको हो ।

दोश्रो चरणमा देखा परेका कोरोना संक्रमित अधिकांश स्थानीय क्षेत्रमानै रहेकाहरु छन् । हिजो एकै दिनमा मकवानपुर जिल्लामा २३ जना कोरोना संक्रमित पुष्टि भएपछी सख्या ८३ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यस भन्दा पहिले सवैजसो कोरोना संक्रमित बिदेशबाट घर फर्किएकाहरु रहेका थिए।

अहिले हेटौंडा उपमहानगरपालिका र स्थानीय गाउँपालिकामा कोरोना संक्रमि धेरै वढेका छन् । यसअघि भने भारत लगायतका बिभीन्न देशबाट नेपाल फर्किएकाहरुमा कोरोना पुष्टि भएको थियो। मकवानपुरका दश वटा स्थानीय तह मध्यमा सबै भन्दा धेरै हेटौंडा उपमहानगरपालिकामा कोरोना संक्रमित देखापरेका छन् । मनहरी गाउँपालिका, थाहा नगरपालिका, भीमफेदी गाउँपालिका, मकवानपुर गढी गाउँपालिकामा कोरोना संक्रमित धेरै देखापर्न थालेका हुन् ।

पछील्लो समय समुदायमा देखिएको कोरोना संक्रमण कहाँबाट कसले सारेको हुनसक्ने भन्नेमा स्वाथ्इकर्मी पनि अनविज्ञ रहेका छन् । पछील्लो एक सातामा मकवानपुर जिल्लामा संक्रमित धेरै देखिन थालेका हुन् । तर, यसमा सावधानी भने नागरिकले त्यती अपनाएका छैनन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*