हेटौंडाको प्रयोगशालामा गरिएको परिक्षणमा मकवानपुरका २३ सहित ४६ जनामा कोरोना संक्रमण पुष्टि

जनपत्र
२५ श्रावण २०७७, आईतवार २०:१८

हेटौंडा/ हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१० को किटजन्य रोग अनुसंधान तथा तालिम केन्द्रको प्रादेशिक प्रयोगशालामा गरिएको परिक्षणका क्रममा मकवानपुरका २३ जना सहित ४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

आज एक सय ४१ जनामा गरिएको परिक्षणमा ४६ जनामा संक्रमण पुष्टि भएको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयका डाक्टर पुरुषोत्तम सेढाईले जानकारी दिनुभयो ।

परिक्षणका क्रममा ९५ जनाको नतिजा नेगेटिभ आएको छ । परिक्षणका क्रममा रौतहटका १२, सिन्धुलीका ६, बाराका २, नुवाकोटका १ फलोअप गरिएका २ जना गरी ४६ जनामा कोरोना पुष्टि भएको हो ।

बागमती प्रदेशमा पछिल्लो २४ घण्टामा १०६ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा प्रदेशको विभिन्न जिल्लामा गरी १०६ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*