कोरोना संक्रमित बढेपछी हेटौंडा र मनहरीमा निषेधाज्ञा सिफारिस
हेटौंडा । कोरोनाको त्रास सहित संक्रमितहरु बढेपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौंडाभरी निषेधाज्ञा सिफारिस गरेको छ ।
आइतबार साँझ सम्पन्न भएको कमाण्ड पोष्टको बैठकले हेटौंडा उपमहानगरपालिका सहित मनहरीका केही वडामा निषेधाज्ञा सिफारिस गर्ने निर्णय गरेको हो ।
संक्रमितहरुको संख्या बढ्दै गएका कारण सोमबार साउन २६ गते बेलुका १२ बजेबाट साउन ३२ गतेसम्म निशेधाज्ञा लगाउने निर्णय गरिउको मकवानपुरका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले बताउनुभयो ।
कोरोना संक्रमितहरुको दर न्यूनिकरणमा ल्याउने उद्देश्यले नगरभित्र निशेधाज्ञा जारी गर्ने निर्णय भएको हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मीनाकुमारी लामाले जानकारी दिनुभयो ।