गाजाँ खेती गर्ने विरुद्धमा कोही पनि छैनन्–सांसद विरोध खतिवडा
हेटौंडा । मकवानपुर क्षेत्र नमबर–२ का सांसद विरोध खतिवडाले गाँजा खेती गर्न पाउनुपर्छ भन्ने कुराका विरुद्धमा कोही पनि नभएको वताउनुभएको छ । आज जिल्ला समन्वय समिति मकवानपुरको पाँचौ जिल्ला सभाको उद्घाटन् कार्यक्रममा बोल्दै उहाँले संघीय संसदमा गाँजा लगाउन पाउनुपर्छ भन्ने विषयमा संचार माध्यम, सरकार र कोही पनि विपक्षमा नभएको वताउनुभयो ।
गाँजा लगाउने विषयमा मकवानपुरका स्थानीय तहले पनि आफ्ना सभाबाट पास गर्नका लागि उहाँले आग्रह गर्नुभयो । विश्वका धेरे देशले गाँजा खेती गरिरहेकाले नेपालमा पनि गाँजा खेती गर्न पाउनुपर्छ भनेर सांसद खतिवडाले संसदमा यसअघिनै कुरा उठाउनु भएको छ । धेरै देशमा गाँजा खेतीलाई बैधानिकता दिएकाले नेपालमा पनि दिनुपर्ने उहाँको तर्क थियो । स्थानीय सरकारले बेरुजु फच्यौटको कामलाई प्राथमिकता दिनुपर्ने वताउनुभयो । स्थानीय तहले पाएको अधिकार पुर्ण रुपमा सदुपयोग गरेर काम गर्नका लागि उहाँले आग्रह गर्नुभयो ।
जिल्ला समन्वय समिति मकवापनुरका प्रमुख रघुनाथ खु्लालको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशसभाका सदस्य कुमारी मोक्तान, नेकपा मकवानपुरका अध्यक्ष तथा प्रदेशसभाका सदस्य मुनु सिग्देल, प्रदेशका प्रमुख सचिब डाक्टर मानबहादुर विके, जिल्ला समन्वय समिति मकवापुरका उपप्रमुख भगवती पुडासैनी, नेपाली काग्रेश मकवानपुरका कार्यबाहक सभापति विष्णु प्रसाद लामिछाने, राप्रपा मकवानपुरका अध्यक्ष मधु अधिकारी, थाहा नगरपालिकाका मेयर लबशेर विष्ट, बकैयाँ गाउँपालिकाका अध्यक्ष दामोदर खनाल, हेटौंडा उपमहानगरपालिकाका उपमेयर मिना कुमारी लामा, मकवानपुरका प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाल, मकवानपुर उद्योग बाणिज्यसंघका अध्यक्ष कृष्ण कटुवाल, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाई, उद्योगसंघ मकवानपुरका अध्यक्ष लेखराज पोख्रेल लगायतकाले मन्तव्य ब्यक्त गर्नुभएको थियो ।
जिसस मकवानपुरको सभाका अवसरमा दश वटा स्थानीय तह मध्यमा उत्कृष्ट काम गर्ने तीन वटा स्थानीय तहलाई सम्मान गरेको छ । मकवानपुरमा थाहा नगरपालिका प्रथम, इन्द्रसरोवर गाउँपालिका दोश्रो र मकवानपुर गढी गाउँपालिका तेस्रो भएका छन् । उनीहरुलाई आज मुख्यमन्त्री डोरमणि पौडेलले सम्मान गर्नुभयो ।