कोरोनाको खोप बने पनि ५० प्रतिशत खतरा मात्रै कम गर्ने
काठमाण्डौ – अमेरिकी वरिष्ठ महामारी विशेषज्ञ डाक्टर एन्थोनी फाउचीले कोरोना भाइरस विरुद्धको खोप बने पनि त्यसले ५० देखि ६० प्रतिशत मात्रै काम गर्ने बताउनुभएको छ ।
महामारी नियन्त्रण गर्न खोपमा मात्रै भर पर्न नहुने उहाँको भनाइ छ । राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले ह्वाइट हाउसमा कोरोना भाइरस टास्क फोर्स नियुक्त गरे पनि उहाँको सुझावप्रति ट्रम्पले फाउचीको सुझावलाई वेवास्था गर्दै आउनुभएको छ ।
कोरोना भाइरसबाट अमेरिका सबैभन्दा नराम्ररी प्रभावित भएको छ । संसारभर कोरोना सङ्क्रमण पुष्टि भएकामध्ये एक करोड २५ लाख निको भएका छन् भने ७ लाख २४ हजारको ज्यान गएको छ ।