दैनिक डेढ करोड लिटर पानी वितरण गर्दै हेटौंडा खानेपानी बोर्ड

जनपत्र
२४ श्रावण २०७७, शनिबार ११:५८

हेटौंडा । हेटौंडा खानेपानी व्यावस्थापन बोर्डने उपमहाँनगरपालिका क्षेत्रमा दैनिक एक करोड ४२ लाख लिटर खानेपानी वितरण गर्दै आएको छ । हेटौंडाका १३ वटा वडाका एक लाख २५ हजार नागरिकलाई पानी वितरण गरिदै आएको हो ।

आज खानेपानी बोर्डले पत्रकार सम्मेलन गर्दै नियमित रुपमा दैनिक ६ देखि ७ घण्टा सम्म पानि वितरण गर्दै आएको छ । उपमहानगर क्षेत्रका एक लाख ८ हजार ५५ वटा धारा मार्फत पानी वितरण गरिदै आएको खानेपानी बोर्डका निमित्त कार्यकारी निर्देशक सुदर्शन ढकालले जानकारी दिनुभयो ।

खानेपानी बोर्डले बितेको आर्थिक वर्ष २०७६–०७७ मा ८ करोड २६ लाख ६० हजार रुपैयाँको विलिङ गरेकोमा ९७ दशमलब ९१ प्रतिशत रकम संकलन गर्न सफल भएको उहाँले वताउनुभयो । बितेको एक वर्षको अवधिमा बोर्डले १५ वटा महत्वपुर्ण काम गरेको छ । खानेपानीका क्षेत्रमा पाइपलाइन सुधार, कुख्रेनीको पुरानो सम्वेल संरक्षण, चुरीयामाइ मन्दिरमा पानीको धारा निर्माण, बुङ्दल मुहानको संरक्षण लगायतका काम गरिएको छ ।

खानेपानी बोर्डले संघीय सरकार, बागमती प्रदेश सरकार र हेटौंडा उपमहानगरपालिकासंगको सहकार्यमा खानेपानी बृद्धी गर्नका लागि काम गर्दै आएको बोर्डका अध्यक्ष प्रताप ष्टिले वताउनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाई, बोर्डका सदस्य इन्द्र नेपाल लगायतकाले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

बोर्डका निमित्त कार्यकारी निर्देशक सुदर्शन ढकालले गत आर्थिक वर्षको १३ करोड ७४ लाख २२ हजार रुपैयाँ बराबरको आयव्यय विवरण प्रस्तुत गर्नुभयो ।

गत आर्थिक वर्ष नौं सय १५ वटा नयाँ धारा जडान गरेर कुल सेवाग्राहीको संख्या १८ हजार ५५ पुगेको निमित्त कार्यकारी निर्देशक ढकालले जानकारी दिनुभयो । बोर्डले चालु आर्थिक वर्षका लागि १५ करोड ८० लाख रुपैयाँ बराबरको आयव्यय विवरण प्रस्तुत गरेको छ । हेटौंडा खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष प्रताप विष्टले चालु आर्थिक वर्षमा नगरका ४ वटा खानेपानी समूहलाई बोर्ड मातहत ल्याउने योजना रहेको जानकारी दिनुभएको छ । उहाँले उपभोक्तासँग लिइने जरिवानाको दरलाई न्यूनीकरण गर्नेतर्फ पनि बोर्डले आवश्यक निर्णय गर्ने बताउनुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*