स्थानीय तहका सेवाग्राहीलाई सेवा प्रवाह दिन बार तोकियो

जनपत्र
२४ श्रावण २०७७, शनिबार ०६:०१

जिल्ला प्रशासन कार्यालय कैलालीले जिल्लाका १३ वटै स्थानीय तहका सेवाग्राहीलाई सेवा प्रवाहका लागि फरकफरक बार तोकेको छ ।

कोभिड( १९ को सङ्क्रमण हुन नदिन स्वास्थ्य सुरक्षा तथा सामाजिक भौतिक दूरी कायम गर्दै सेवा प्रवाह गर्नुपर्ने भएकाले कार्यालयमा भिडभाड हुन नदिन कार्यालयबाट प्रदान गरिने नियमित सेवा प्रवाह आजदेखि अर्को व्यवस्था नभएसम्मका लागि फरकफरक बार तोकिएको कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।

नागरिकता प्रमाणपत्र, नाररिकता प्रतिलिपी, नाबालक परिचयपत्र, राहदानी, हातहतियार दर्ता नवीकरण, पत्रपत्रिका सङ्घसंस्थासम्बन्धी कार्य र प्रमाणित तथा सिफारिस गर्ने जस्ता कार्य गोदावरी नगरपालिकाका सेवाग्राहीलाई आइतबार र बुधबार तोकिएको छ । त्यस्तै कैलारी गाउँपालिकाका सेवाग्राहीलाई सोमबार र बिहीबार, धनगढी उपमहानगरपालिकाका सेवाग्राहीलाई मङ्गलबार र शुक्रबार र चुरे गाउँपालिकाका सेवाग्राहीका लागि सोमबार र बुधबार सेवा दिइने सूचना अधिकारी जोशीले बताए ।

त्यसैगरी बाँकी स्थानीय तहको राहदानी, हातहतियार दर्ता नवीकरण, पत्रपत्रिका सङ्घसंस्थासम्बन्धी कार्य, प्रमाणित तथा सिफारिस गर्ने जस्ता अन्य कार्य टीकापुर नगरपालिका तथा मोहन्याल र जानकी गाउँपालिकाका लागि आइतबार र बुधबार, गौरीगङ्गा र घोडाघोडी नगरपालिका तथा बर्दगोरीया गाउँपालिकाका लागि सोमबार र बिहीबार, लम्कीचुहा र भजनी नगरपालिका तथा जोशीपुर गाउँपालिकाका लागि मङ्गलबार र शुक्रबार तोकिएको प्रशासन कार्यालयद्वारा यहाँ जारी सूचनामा उल्लेख गरिएको छ ।

शान्ति सुरक्षाको निवेदन तथा कानूनबमोजिम हुने मुद्दासम्बन्धी कार्य र सरकारी कार्यालय(आयोजनासम्बन्धी समन्वय र छलफल कार्य भने सबै कार्यालय दिन उपलब्ध हुने जनाइएको छ । सूचनामा आवश्यकबाहेकका सार्वजनिक तथा निजी सवारीसाधन २२ गतेदेखि लागू हुने गरी जोर बिजोर नम्बरका आधारमा मात्र सञ्चालन गर्नु(गराउनुका साथै बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म आवागमन नगर्न(नगराउन उल्लेख गरिएको छ ।

त्यस्तै होटल, रेस्टुराँमा हुने सामूहिक भोज, पार्टी, सेमिनार वा अन्य सामूहिक भेला जस्ता कार्य पनि नगर्न-नगराउन अनुरोध गरिएको छ । ( रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*