प्रदेश २ : सङ्क्रमितको सङ्ख्या पाँच हजार ५१४

जनपत्र
२४ श्रावण २०७७, शनिबार ०५:५३

पछिल्लो २४ घण्टामा प्रदेश नं २ मा ३१ महिलासहित १७९ जनामा सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा सबैभन्दा बढी पर्सा जिल्लामा १३३ जनामा सङ्क्रमण पुष्टि भएको हो । यसैगरी पछिल्लो २४ घण्टामा सप्तरीमा १८, धनुषामा १०, सर्लाहीमा नौ, रौतहटमा चार र बारामा पाँच जनामा सङ्क्रमण पुष्टि भएको छ । योसँगै सङ्क्रमितको सङ्ख्या पाँच हजार ५१४ पुगेको समाजिक विकास मन्त्रालयद्वारा आज जारी गरिएको तथ्याङ्कमा उल्लेख छ ।

यस प्रदेशमा सङ्क्रमणबाट निको भएर घर फर्किनेको सङ्ख्या तीन हजार ३०४ छन् । कोरोना सङ्क्रमणबाट यस प्रदेशमा हालसम्म २५ जनाको मृत्यु भइसकेको छ । एक सातादेखि क्वारेन्टिनमा बस्नेको सङ्ख्यामा क्रमिकरुपमा वृद्धि हुन थालेको छ ।

प्रदेशअन्तर्गत २२८ वटा क्वारेन्टिनमा अहिले एक हजार २८९, होम क्वारेन्टिनमा दुई हजार ६९१ र आइसोलेशन कक्षमा एक हजार ७२ जना बसेका छन् । यो प्रदेशमा अहिलेसम्म ६६ हजार १५६ जनाको स्वाबको नमूनाको परीक्षण गरिएकामा ५६ हजार ४८२ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने चार हजार १६० जनाको रिपोर्ट आउन बाँकी छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*