भारतबाट आएकाहरू सोझै घर जान थाले

जनपत्र
२३ श्रावण २०७७, शुक्रबार १७:५२

धनगढी । कैलालीको लम्की चुहा नगरपालिका–६ प्रतापपुरकी भावना विष्ट शुक्रबार परिवारसँग भारतको मुम्बइबाट नेपाल आइपुगिन् ।

भारतमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको भयावह हुन थालेपछि उनी काखे बालक च्यापेर नेपाल आएको बताइन् । ‘हामी बसेको ठाउँमा धेरै संक्रमित थिए । बाहिर निस्किन पनि डर थियो । त्यसले आयौ‌ं’ उनले भनिन् । गाडीमा एउटा सिटमा ५/६ जना राख्यो, त्यहीँ डर लाग्यो ।’ अब घर गएर होम क्वारेन्टिनमा बस्ने उनको योजना छ ।

कञ्चनपुर पुनर्बासकै राधिका रावल पनि परिवारसहित शुक्रबार दिल्लीबाट घर आइन् । ‘घरमै सुरक्षित ढङ्गले बस्छौं’ उनी भन्छिन्, ‘तत्काल अरुसँग भेटघाट गर्दैनौं ।’

भवना र राधिका जस्तै धेरै नागरिक शुक्रबार कैलालीको गौरिफन्टा नाकामा नेपाल प्रवेश गरेका छन् । उनीहरु सोझै घर जाने योजना रहेको बताउँछन् ।

विगतमा स्थानीय तहले आफना नागरिक लिन सीमा क्षेत्रमा सवारी साधन पठाउने व्यवस्था मिलाएको थियो र लगेर क्वारेन्टिनमा राख्ने गरिएको थियो । तर पछिल्लो समय स्थानीय तहले सीमा क्षेत्रमा आइपुगेका नागरिकहरूलाई क्वारेन्टिनसम्म आफैं लैजान छाडेको छ । यसले गर्दा भारतका विभिन्न स्थानबाट आएकाहरु सोझै घरमा पुग्ने गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*