कथाः गङ्गटो, माछा र बकुल्ला

एक पटकको कुरा हो । एउटा खोलामा माछाहरु बस्थे । त्यहि खोलामा एक छ्याक्कु नाम गरेको गङ्गटो थियो । अनि त्यो खोलामा बेला बेला एउटा बकुल्ला आउँथ्यो । आएर माछा खाने गर्थ्यो । माछालाई उसले आहार बनाउने गरेको थियो । बकुल्लाले माछालाई जुक्ति लगाइ लगाइ खाने गर्थ्यो ।
एक दिन बकुल्लाले माछालाई भन्यो यो खोला सुक्न थाल्यो मलाई तिमीहरुको पीर लागिरहेको छ । यो कुरा सुनेर माछाहरुले रानी माछालाई खबर सुनाए । अनि रानी माछाले जुक्ति निकाल्यो । उसले गङ्गटोलाई भेटेर बकुल्लाले भनेको कुरा सुनायो । गङ्गटोलाई बकुल्लाको बठ्याइँ थाहा भयो । गङ्गगटोले भन्यो ए पीर नगर्नु माछाहरु मसँग पनि जुक्ति छ । अनि रानी माछासँग सल्लाह गर्यो । अर्को दिन बकुल्ला खोलामा आएर ल हिंड माछाहरु म तिमीहरुलाई अर्को धेरै पानी भएको खोलामा लगिदिन्छु भन्यो ।
माछासँग सल्लाहअनुसार माछाहरुले बकुल्ला दाइ हाम्रो एक साथी गङ्गटो पनि हुनुहुन्छ । उहाँलाई पनि लैजाउँ है भने । यो सुन्दा बकुल्ला गङ्गटो पनि खान पाउने भएँ भनेर खुशी हुँदै हुन्छ हुन्छ किन नहुनु भनेर रमायो । अनि हुन्छ म पहिले तिमिहरुको साथीलाई नै लगिदिन्छु भनेर गङ्गटोलाई लैजान के खोजेको थियो गङ्गटवले बकुल्लाको घाँटीमा अँठाएर मारिदियो । अनि बल्ल माछाहरु ढुक्क भए र छ्याक्कु गङ्गटोलाई धन्यवाद दिए र उनीहरु सबै मिलि मिलि बसे ।
कक्षा २, जी एस निकेतन मावि हेटौंडा ।