कोरोना संक्रमित वीरगन्जका रेष्टुरेन्ट सञ्चालकको काठमाडौंमा मृत्यु

जनपत्र
२३ श्रावण २०७७, शुक्रबार ०६:४२

कोरोना भाइरसको संक्रमण भएका हिमाञ्चल क्याबिन वीरगन्जका सञ्चालक विजयराज कर्णिकारको मृत्यु भएको छ।काठमाडौंको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत उनको बिहीबार मृत्युु भएको अस्पतालले जनाएको छ।

वीरगन्ज महानगरपालिका वडा नम्बर ९ माईस्थानस्थित हिमाञ्चल क्याबिनका सञ्चालक कर्णिकार श्वासप्रश्वास र मुटुमा समस्या देखिएपछि केही दिनअघि उपचार गराउन सपरिवार काठमाडौं गएका थिए। उपचारका क्रममा स्वाब संकलन गरी पीसीआर गर्दा उनी र उनकी दिदीको रिपोर्ट पोजेटिभ आएको थियो। दिदीको स्वास्थ्य अवस्था भने समान्य छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*